सत्यपत्रले आमनागरिकहरुको दृष्टिकोणमाथि प्रकाश पार्दै सत्य, निश्पक्ष र खोजमूलक रिपोर्ट तथा टिप्पणीहरू सम्प्रेषण गरी प्रकाशन गर्छ ।
सत्यपत्र राज्यले तर्जुमा गर्ने नीतिहरूबाट प्रभावित हुँदै सबै राजनीतिक दल, व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढ्नुपर्छ भन्ने सिद्धान्तमा विश्वास राख्दछ । समुदाय र नीति निर्माताहरूबीच जानकारी र ज्ञानको निःशुल्क प्रवाह हाम्रो कामको मूल ध्येय हो ।
हाम्रा रिपोर्ट तथा टिप्पणीहरूले राजनीतिक दल, व्यक्ति, समाज र सरकारका उच्च ओहोदामा रहेका व्यक्तिहरु, विशेषज्ञ र नीति निर्माताहरूलाई सहभागी बनाउने अधिकतम् प्रयास गर्नेछ । साथै सत्यपत्रले आम नागरिकहरुको दृष्टिकोणमाथि प्रकाश पार्दै सत्य, निश्पक्ष र खोजमूलक रिपोर्ट तथा टिप्पणीहरू सम्प्रेषण गरी प्रकाशन गर्छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सत्यपत्रले कहिल्यै कसैसँग सम्झौता गर्दैन । यसैले पनि जनजीवनका दैनिक समस्याहरुको उजागर गरेर समस्या पहिल्याउनु हाम्रो आधारभूत चासोको विषयभित्र पर्दछ । त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिनेछौं ।
जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् सत्यपत्रले सशक्त उपस्थिति जनाउने विश्वास लिएका छौं । हामी पत्रकारिताका मूल्य र मान्यतासँग कहिल्यै सम्झौता गर्ने छैनौं ।
त्यसैले हाम्रो विश्वास छ, तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । साथै हामी आम नागरिकमाझ नै काम गरिरहेका तथा बसोवास गरिरहेका पत्रकारहरूको सहयोग लिने नीति पनि लिएका छौं । यसका लागि सत्यपत्रमा तपाईँहरूका लेख, रिपोर्ट तथा टिप्पणीहरूलाई स्वागत गर्दछौँ ।